सीधै सामग्रीमा जाने

बाइबलले क्रिसमसबारे के भन्छ?

बाइबलले क्रिसमसबारे के भन्छ?

बाइबलको जवाफ

 बाइबलमा येशूको जन्म ठ्याक्कै कहिले भएको थियो भनेर बताइएको छैन। अनि उहाँको जन्मदिन मनाउनुपर्छ भनेर पनि कतै लेखिएको छैन। एउटा विश्‍वकोश a यसो भन्छ: “क्रिसमस मनाउनु कुनै ईश्‍वरीय निर्देशन होइन न त नयाँ नियममा यस बारे कुनै आज्ञा नै दिइएको छ।”

 इतिहास केलाउने हो भने क्रिसमसको सुरुवात गैर-ख्रीष्टियन धर्मसित सम्बन्धित छ। परमेश्‍वरलाई उचित तरिकामा उपासना गरेनौं भने हामीले उहाँको अपमान गरिरहेका हुन्छौं भन्‍ने कुरा बाइबलबाट थाह पाउन सक्छौं।—प्रस्थान ३२:५-७.

क्रिसमससित सम्बन्धित चलनहरूको इतिहास

  1.  १.येशूको जन्मदिन मनाउने: एउटा विश्‍वकोश b यसो भन्छ, “सुरु-सुरुका ख्रीष्टियनहरू येशूको जन्मदिन मनाउँदैन थिए। तिनीहरू कसैको जन्मदिन मनाउनुलाई गैर-ख्रीष्टियन चलन ठान्थे।”

  2.  २.डिसेम्बर २५: येशू यो मितिमा जन्मनुभएको थियो भन्‍ने कुराको कुनै प्रमाण छैन। चर्चहरूले रोमी चाडबाड वा मकर सङ्‌क्रान्तिसँग यो मिति मिलाउन डिसेम्बर २५ छानेका हुन सक्छन्‌।

  3.  ३.उपहार दिने, भोजभतेर: एउटा विश्‍वकोशअनुसार c “डिसेम्बरको बीचतिर रोमीहरूले मनाउने चाडपर्व ‘साटर्निलिया’-मा मैनबत्ती बाल्ने, उपहार दिने र भोजभतेर गर्ने कुरा व्याप्त थियो। क्रिसमसमा पनि यही चलनको प्रभाव देखिन्छ।” अर्को विश्‍वकोशअनुसार d ‘साटर्निलिया’-को दिन “सबै काम अनि व्यापार बन्द गरिन्थ्यो।”

  4.  ४.क्रिसमसमा बालिने बत्ती: एउटा धर्मसम्बन्धी विश्‍वकोशअनुसार e विगतमा युरोपेलीहरू मकर सङ्‌क्रान्ति मनाउन र दुष्ट स्वर्गदूतहरूलाई भगाउन आफ्नो घर झिलीमिली बनाउँथे।

  5.  ५.मिसल्टो, होली: यी बोटबिरुवाहरू क्रिसमसमा सजाउनको लागि प्रयोग गरिन्छ। एउटा विश्‍वकोशअनुसार f “मिसल्टोमा जादुई शक्‍ति हुन्छ भनेर जादुगरहरू मानिलिन्थे। सूर्य फर्कने प्रतिज्ञाको स्मरण गर्न होली बोटको उपासना गरिन्थ्यो।”

  6.  ६.क्रिसमस रूख: एउटा विश्‍वकोश g यसो भन्छ “रूखको उपासना गर्ने चलन युरोपका गैर-ख्रीष्टियनहरूमा व्याप्त थियो। पछि उनीहरूले ख्रीष्टियन धर्म अङ्‌गाल्दा यो चलनलाई पनि सँगै भित्र्याए। तिनीहरू जाडो बिदाको समयमा घरको ढोका नजिक वा घरभित्र क्रिसमस रूख राख्ने गर्थे।”

a McClintock and Strong’s Cyclopedia

b The World Book Encyclopedia.

c The Encyclopedia Americana

d Encyclopædia Britannica

e The Encyclopedia of Religion

f The Encyclopedia Americana

g Encyclopædia Britannica