सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूको मण्डली कसरी व्यवस्थित गरिन्छ?

यहोवाका साक्षीहरूको मण्डली कसरी व्यवस्थित गरिन्छ?

 प्रत्येक मण्डलीको हेरचाह त्यहाँका एल्डरहरूको निकायले गर्छ। लगभग २० वटा मण्डलीको एउटा क्षेत्र (सर्किट) बनाइन्छ र लगभग १० वटा क्षेत्रको एउटा जिल्ला बनाइन्छ। क्षेत्रीय निरीक्षक र जिल्ला निरीक्षकको रूपमा सेवा गर्ने एल्डरहरूले बेलाबेलामा मण्डलीहरूको भ्रमण गर्छन्‌।

 लामो समयदेखि यहोवाको सेवा गरिरहेका यहोवाका साक्षीहरू मिलेर बनेको परिचालक निकायले बाइबलआधारित डोऱ्‍याइ र निर्देशनहरू दिने गर्छ। परिचालक निकायका सदस्यहरू हाल न्यु योर्कको ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय कार्यालयमा रहेर सेवा गरिरहेका गर्छन्‌।—प्रेषित १५:२३-२९; १ तिमोथी ३:१-७.