सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउँछन्‌?

यहोवाका साक्षीहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउँछन्‌?

 यो कुरा गलत हो। कुनै खास चलचित्र हेर्नु हुन्छ कि हुँदैन, कुनै किताब पढ्‌नु हुन्छ कि हुँदैन र कुनै गीत सुन्‍नु हुन्छ कि हुँदैन भनेर हाम्रो संगठनले एक-एक कुरा जाँच्दैन। किन?

  बाइबलले हामीलाई “सोच्ने-बुझ्ने क्षमता चलाएर” सही र गलत छुट्ट्याउनुपर्छ भनेर सिकाएको छ।—हिब्रू ५:१४.

  मनोरञ्जन छान्दा ख्रीष्टियनहरूले के-कस्तो कुरामा विचार पुऱ्‍याउनुपर्छ भनेर बाइबलले केही सिद्धान्तहरू दिएको छ। a जीवनको हरेक क्षेत्रमा “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का” गर्नु नै हाम्रो लक्ष्य हो।—एफिसी ५:१०.

  बाइबलले परिवारका शिरसँग केही मात्रामा अख्तियार हुन्छ भनेर बताएको छ। त्यसैले परिवारको शिरको हैसियतले आफ्नो परिवारलाई कुनै खास प्रकारको मनोरञ्जन गर्नदेखि तिनले रोक्न सक्छन्‌। (१ कोरिन्थी ११:३; एफिसी ६:१-४) तर कुनै खास प्रकारको सिनेमा हेर्न र गीत सुन्‍न निषेध गर्ने वा कुनै कलाकारबारे नराम्रो टीका-टिप्पणी गर्ने अधिकार मण्डलीमा अरू कसैलाई पनि छैन।—गलाती ६:५.

a जस्तै: तन्त्रमन्त्र, यौन-अनैतिकता र हिंसालाई जोड दिने सबै कुराको बाइबलले निन्दा गर्छ।—व्यवस्था १८:१०-१३; एफिसी ५:३; कलस्सी ३:८.