सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू औषधी-उपचार स्वीकार्छन्‌?

यहोवाका साक्षीहरू औषधी-उपचार स्वीकार्छन्‌?

 हो, यहोवाका साक्षीहरू औषधी-उपचार स्वीकार्छन्‌। हामी आफ्नो शरीरको ख्याल राख्छौं र तन्दुरुस्त रहन चाहन्छौं, तैपनि कहिलेकाहीं हामीलाई “डाक्टरको खाँचो पर्छ।” (लूका ५:३१) अझै भन्‍ने हो भने प्रथम शताब्दीका ख्रीष्टियन लूकाजस्तै अहिले पनि कोही-कोही साक्षीहरूले चिकित्सा पेसा अङ्‌गालेका छन्‌।—कलस्सी ४:१४.

 तर कुनै-कुनै उपचार बाइबल सिद्धान्तविपरीत हुन्छन्‌, त्यसैले त्यस्तो उपचार हामी स्वीकार्दैनौं। उदाहरणका लागि, हामी उपचार गराउँदा रगत लिंदैनौं। किनभने बाइबलले रगतबाट अलग रहने आज्ञा दिएको छ। (प्रेषित १५:२०) साथै, तन्त्रमन्त्र मुछिएको उपचारविधिबाट अलग रहनु भनेर पनि बाइबलले हामीलाई बताएको छ।—गलाती ५:१९-२१.

 तर धेरैजसो उपचारविधि बाइबल सिद्धान्तसित बाझिंदैन। त्यसकारण यसमा व्यक्‍तिगत छनौट समावेश छ। कुनै एक जना साक्षीले कुनै एउटा उपचारविधि स्वीकार्न सक्छन्‌ भने त्यही उपचारविधि अर्को साक्षीले नकार्न सक्छन्‌।—गलाती ६:५.