सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू प्रकोपमा परेकाहरूलाई राहत दिन्छन्‌?

यहोवाका साक्षीहरू प्रकोपमा परेकाहरूलाई राहत दिन्छन्‌?

 हो, यहोवाका साक्षीहरू प्रकोपबाट क्षति भोगेकाहरूलाई राहत दिने गर्छन्‌। गलाती ६:१० मा बाइबलले यस्तो सल्लाह दिएको छ: “आओ, हामी सबैको भलाइ गरौं, अझ विशेष गरी एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूको।” यसैअनुरूप हामी यहोवाका साक्षीहरूलगायत अरू सबैलाई आवश्‍यक राहत दिएर मदत गर्छौं। त्यस्तो समयमा पीडितहरूलाई नभई नहुने भावनात्मक र आध्यात्मिक मदत पनि हामी दिने गर्छौं।—२ कोरिन्थी १:३, ४.

सङ्‌गठन

 कुनै ठाउँमा प्रकोप आइपरेमा त्यहाँको मण्डलीका एल्डरहरूले मण्डलीसित सङ्‌गत गरिरहेका सबैलाई सम्पर्क गर्ने कोसिस गर्छन्‌। साथै तिनीहरू सुरक्षित छन्‌ कि छैनन्‌ अथवा तिनीहरूलाई कस्तो किसिमको मदत चाहिन्छ भनेर पक्का गर्छन्‌ र तुरुन्तै आवश्‍यक मदत उपलब्ध गराउँछन्‌। अनि तिनीहरूको अवस्थाबारे र तिनीहरूलाई तत्काल गरिएको मदतबारे यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयलाई खबर गर्छन्‌।

 यदि स्थानीय मण्डलीले आवश्‍यक मात्रामा राहत उपलब्ध गराउन नसक्ने अवस्था छ भने यहोवाका साक्षीहरूको परिचालक निकायले आवश्‍यक राहतको प्रबन्ध मिलाउँछ। सुरु-सुरुका ख्रीष्टियनहरूले पनि अनिकाल परेको बेलामा एकअर्कालाई यसरी नै मदत गर्थे। (१ कोरिन्थी १६:१-४) राहतकार्यलाई व्यवस्थित गर्न र यसको नेतृत्व लिन स्थानीय शाखा कार्यालयले राहत समिति गठन गर्छ। अरू इलाकाका साक्षीहरूले पनि खुसीसाथ आफ्नो समय र श्रोत साधन खर्च गरेर मदत गर्छन्‌।—हितोपदेश १७:१७.

राहत कोष

 यहोवाका साक्षीहरूको शाखा कार्यालयमा पठाइने अनुदान प्रकोपबाट पीडित भएकाहरूलाई राहत उपलब्ध गराउन पनि प्रयोग गरिन्छ। (प्रेषित ११:२७-३०; २ कोरिन्थी ८:१३-१५) राहतकार्यमा मदत गर्न आउनेहरू कुनै ज्याला नलिई स्वेच्छाले काम गर्छन्‌। त्यसैले राहतको लागि भनेर छुट्ट्याइएको रकम पूर्णतया राहतकार्यमै प्रयोग गरिन्छ, उद्धारकर्मीहरूलाई तलब दिन प्रयोग गरिंदैन। अनुदानस्वरूप उपलब्ध कुनै पनि कुराको दुरुपयोग नहोस्‌ भनेर हामी निकै विचार पुऱ्‍याउँछौं।—२ कोरिन्थी ८:२०.