प्रेषितहरूका कार्य ५:१-४२

  • हननिया र सफिरा (१-११)

  • प्रेषितहरू थुप्रै चमत्कार गर्छन्‌ (१२-१६)

  • झ्यालखानामा हालिन्छन्‌ र मुक्‍त गरिन्छन्‌ (१७-२१क)

  • न्यायपरिषद्‌सामु फेरि ल्याइन्छ (२१ख-३२)

    • “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ” (२९)

  • गमलिएलको सल्लाह (३३-४०)

  • घर-घरको प्रचार (४१, ४२)

 त्यसैगरि हननिया नाम गरेका एक जना मानिस र तिनकी पत्नी सफिराले आफ्नो केही जग्गाजमिन बेचे। २  तर तिनले त्यसबाट आएको रकमको केही हिस्सा लुकाएर बाँकीचाहिँ लगेर प्रेषितहरूको चरणमा राखिदिए।+ यो कुरा तिनकी पत्नीलाई पनि थाह थियो। ३  तर पत्रुसले भने: “ए हननिया, जमिन बेचेर आएको रकमबाट केही हिस्सा लुकाएर पवित्र शक्‍तिलाई+ ढाँट्‌न+ सैतानले तिमीलाई कसरी सुऱ्‍यायो? ४  तिमीसित रहुन्जेल के त्यो तिम्रै थिएन र? अनि बेचिसकेपछि पनि त्यसबाट आएको रकम तिम्रै थियो नि, होइन र? यस्तो काम गर्ने सोचाइ तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई ढाँटेका छौ।” ५  यो कुरा सुनेर हननिया भुईँमा पछारिए अनि मरे। अनि यसबारे सुन्‍नेजति सबैमा ठूलो डर छायो। ६  तब युवकहरू उठेर तिनलाई कपडाले बेरे अनि बाहिर लगेर गाडिदिए। ७  लगभग तीन घण्टापछि तिनकी पत्नी भित्र आइन्‌ तर त्यहाँ भएको घटनाबारे उनलाई थाह थिएन। ८  पत्रुसले उनलाई सोधे: “मलाई भन, के तिमीहरू दुई जनाले त्यो जमिन यत्तिमै बेचेका हौ त?” उनले जवाफ दिइन्‌: “त्यत्तिमै हो।” ९  त्यसैले पत्रुसले उनलाई भने: “तिमीहरू दुई जनाले यहोवा* परमेश्‍वरको पवित्र शक्‍तिको परीक्षा लिने मतो किन गऱ्‍यौ? हेर, तिम्रो पतिलाई गाड्‌नेहरूले भर्खर ढोकामा पाइला टेक्दै छन्‌। अब तिनीहरूले तिमीलाई पनि बाहिर लैजानेछन्‌।” १०  उत्तिखेरै उनी तिनको चरणमा पछारिइन्‌ र मरिन्‌। तब ती युवकहरू भित्र पसे र उनलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उनलाई बोकेर बाहिर लगे र उनको पतिको छेवैमा गाडिदिए। ११  यसले गर्दा सारा मण्डलीमा र यस घटनाबारे सुन्‍नेजति सबैमा ठूलो डर छायो। १२  यसबाहेक प्रेषितहरूले मानिसहरूमाझ थुप्रै चमत्कार र आश्‍चर्यजनक कार्य गरिरहे;+ अनि सबै जना एकै मनका भएर सुलेमान दलानमा+ भेला हुन्थे। १३  यो सत्य हो, कसैले पनि चेलाहरूको समूहमा सामेल हुने आँट गरेन तैपनि मानिसहरू उनीहरूको तारिफ गर्थे। १४  यति मात्र होइन, थुप्रै पुरुष र स्त्रीले प्रभुमा विश्‍वास गरे अनि उहाँको चेला बने।+ १५  यहाँसम्म कि पत्रुस आफ्नो बाटो भएर जाँदा कमसेकम तिनको छाया मात्र भए पनि कसैमाथि परोस्‌ भनेर तिनीहरूले बिरामीहरूलाई मूलबाटोमा ल्याएर खाटमा र बिछ्याउनामा सुताउँथे।+ १६  साथै यरुसलेमवरपरका सहरहरूबाट भीडका भीड मानिसहरू बिरामीहरूलाई र प्रेतले* सताएकाहरूलाई लिएर आइरहे अनि तिनीहरू सबका सब निको भए। १७  तर प्रधानपुजारी र उनीसँग हुनेजति सबै, जो सदुकी गुटका थिए, तिनीहरू डाहले भरिए र प्रेषितहरूविरुद्ध खडा भए १८  अनि उनीहरूलाई पक्रेर झ्यालखानामा हालिदिए।+ १९  तर राती यहोवा* परमेश्‍वरको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए+ अनि उनीहरूलाई बाहिर ल्याएर भने: २०  “जाओ अनि मन्दिरमा खडा भएर अनन्त जीवनको विषयमा मानिसहरूलाई सबै कुरा बताइरहो।” २१  यो सुनेपछि उनीहरूले बिहान हुनेबित्तिकै मन्दिरभित्र पसेर सिकाउन थाले। जब प्रधानपुजारी र तिनीसँग हुनेहरू आइपुगे, तब तिनीहरूले यहुदी न्यायपरिषद्‌ र इस्राएलीहरूका धर्मगुरुहरूको सभाका सबैलाई बोलाए अनि प्रेषितहरूलाई झ्यालखानाबाट ल्याएर आफ्नो अगाडि हाजिर गराउन पहरेदारहरू पठाए। २२  तर झ्यालखानामा पुग्दा पहरेदारहरूले उनीहरूलाई भेटेनन्‌। त्यसैले फर्केर तिनीहरूले यस्तो खबर दिए: २३  “हामीले झ्यालखाना सुरक्षितसाथ बन्द गरेर राखिएको अनि पहरेदारहरू ढोकामा उभिरहेका भेट्टायौँ तर ढोका खोलेर भित्र हेर्दा कसैलाई फेला पारेनौँ।” २४  यो कुरा सुनेपछि मन्दिरका पहरेदारहरूको नाइके र मुख्य पुजारीहरू अब के हुने होला भनेर दुविधामा परे। २५  तर कोही एक जना आएर तिनीहरूलाई भन्यो: “हेर्नुहोस्‌, तपाईँहरूले जसलाई झ्यालखानामा थुन्‍नुभएको थियो, उनीहरू त मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाउँदै पो छन्‌।” २६  तब आफ्ना मानिसहरूसित गएर मन्दिरका पहरेदारहरूको नाइकेले उनीहरूलाई ल्याए तर तिनीहरूले जबरजस्ती भने गरेनन्‌ किनकि मानिसहरूले ढुङ्‌गाले हान्लान्‌ भनेर तिनीहरू डराएका थिए।+ २७  अनि तिनीहरूले ती प्रेषितहरूलाई यहुदी न्यायपरिषद्‌सामु खडा गराए। त्यसपछि प्रधानपुजारीले यसो भन्दै उनीहरूलाई केरकार गरे: २८  “यो नाममा सिकाउँदै नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आज्ञा दिएका थियौँ + तर हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ अनि त्यस मानिसको रगतको दोष हामीमाथि थोपर्न तिमीहरू लागिपरेका छौ।”+ २९  तब पत्रुस र अरू प्रेषितहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।+ ३०  हाम्रा पुर्खाहरूका परमेश्‍वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+ ३१  इस्राएलले पश्‍चात्ताप गरोस्‌ र पापहरूको क्षमा पाओस्‌+ भनेर परमेश्‍वरले उहाँलाई मुख्य माध्यम+ र उद्धारकको+ रूपमा उच्च पार्नुभयो अनि आफ्नो दाहिने बाहुलीतर्फ राख्नुभयो।+ ३२  हामी यी सबै कुराको साक्षी छौँ।+ त्यसैगरि परमेश्‍वरले आफ्नो आज्ञा पालन गर्नेहरूलाई दिनुभएको पवित्र शक्‍ति पनि त्यसको साक्षी छ।”+ ३३  यो सुनेर तिनीहरू रिसले चूर भए अनि उनीहरूलाई मार्न खोजे। ३४  तर गमलिएल+ नाम गरेका एक फरिसी न्यायपरिषद्‌मा खडा भए। तिनी मोसाको व्यवस्थाका शिक्षक थिए र सबै मानिसले तिनको सम्मान गर्थे। तिनले उनीहरूलाई केही बेर बाहिर राख्ने आदेश दिए। ३५  गमलिएलले तिनीहरूलाई भने: “हे इस्राएलका मानिसहरू हो, तपाईँहरूले यी मानिसहरूलाई जे गर्न लाग्नुभएको छ, त्यसबारे राम्ररी सोचविचार गर्नुहोस्‌। ३६  उदाहरणका लागि, यसअघि पनि थुदास भन्‍ने एक जना मानिस आफूलाई को-को न हुँ भन्दै खडा भएको थियो अनि ४०० जति मानिसहरू उसको पछि लागेका थिए। तर ऊ मारियो अनि उसको पछि लाग्नेहरू सबै तितरबितर भएर हराए। ३७  त्यसपछि जनगणनाको समयमा यहुदा भनिने एक जना गालिली खडा भयो अनि उसले पनि मानिसहरूलाई आफ्नो पछिपछि लगायो। तर त्यो मानिस नष्ट भयो अनि उसको पछि लाग्नेहरू सबै यताउता छरिए। ३८  त्यसैले अहिलेको अवस्थालाई विचार गर्दै म तपाईँहरूलाई के भन्छु भने यी मानिसहरूको काममा हस्तक्षेप नगर्नुहोस्‌ बरु तिनीहरू जे गर्दै छन्‌, गर्न दिनुहोस्‌। किनकि यदि यो योजना वा यो काम मानिसहरूको तर्फबाट हो भने त्यो आफै हराएर जानेछ। ३९  तर यदि परमेश्‍वरको तर्फबाट हो भने तपाईँहरूले तिनीहरूलाई नामेट पार्न सक्नुहुनेछैन।+ नत्र त तपाईँहरू परमेश्‍वरविरुद्ध लडिरहनुभएको हुनेछ।”+ ४०  तब तिनीहरूले उनको कुरा माने। अनि प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए*+ र येसुको नाममा बोल्दै नबोल्नू भन्‍ने आदेश दिएर उनीहरूलाई छोडिदिए। ४१  तब उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै+ उनीहरू यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर आफ्नो बाटो लागे। ४२  अनि उनीहरूले हरेक दिन मन्दिरमा र घरघरमा गएर सिकाउन+ र येसु ख्रिष्टको विषयमा सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।+

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “रूखमा।”
वा “पिटे।”