हितोपदेश २८:१-२८

  • नियमकानुन पालन नगर्नेको प्रार्थना घिनलाग्दो हुन्छ ()

  • गल्ती स्विकार्ने मानिसले निगाह पाउँछ (१३)

  • रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन (२०)

  • अरूलाई फुर्क्याउनुभन्दा सुधार्नु बेस हो (२३)

  • उदार मानिसलाई कुनै कुराको अभाव हुँदैन (२७)

२८  कसैले नखेदे पनि दुष्ट मानिस भागी हिँड्‌छ तर धर्मी मानिस सिंहजस्तै आँटिलो हुन्छ।+  २  जब देशमा विद्रोह भइरहन्छ, तब शासक फेरिरहन्छन्‌+ तर समझ र ज्ञान भएको मानिसको साथ पाएमा शासक टिकिरहन्छन्‌।+  ३  दीनदुःखीलाई थिचोमिचो गर्ने गरिब मानिस+ मुसलधारे पानीको भलजस्तै हो, जसले सबै अन्‍न बगाएर लैजान्छ।  ४  नियमकानुन पालन नगर्नेहरूले दुष्टको प्रशंसा गर्दा नियमकानुन पालन गर्नेहरूचाहिँ आक्रोशित हुन्छन्‌।+  ५  दुष्ट मानिसले न्याय के हो भनेर बुझ्न सक्दैन तर यहोवालाई खोज्ने मानिसले सबै कुरा बुझ्न सक्छ।+  ६  भ्रष्टाचार गर्ने धनी मानिसभन्दा इमानदार* भई हिँड्‌ने गरिब मानिस असल हो।+  ७  बुज्झकी छोराले नियमकानुन पालन गर्छ तर घिचुवाहरूको सङ्‌गत गर्ने छोराले बुबालाई लाजमा पार्छ।+  ८  जसले धेरै नाफा खान्छ र चर्को ब्याजमा ऋण दिन्छ,+ उसको धन गरिबलाई दया देखाउने मानिसको हुन्छ।+  ९  जसले नियमकानुन पालन गर्न मान्दैन, उसको प्रार्थनासमेत घिनलाग्दो हुन्छ।+ १०  सोझो मानिसलाई फकाएर दुष्ट काम गर्न लगाउने मानिस आफूले खनेको खाडलमा आफै खस्छ+ तर निर्दोष मानिसले इनाम पाउँछ।+ ११  धनी मानिसले आफूलाई बुद्धिमान्‌ ठान्छ+ तर समझ भएको गरिबलाई उसको असली रूप थाह हुन्छ।+ १२  धर्मी मानिस विजयी हुँदा मानिसहरू रमाउँछन्‌ तर दुष्ट मानिस सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्‌छन्‌।+ १३  आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+ तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+ १४  त्यो मानिस आनन्दित हो, जो सधैँ सचेत रहन्छ* तर जसले हृदय कठोर बनाउँछ, ऊ आपत्‌मा पर्छ।+ १५  असहाय प्रजामाथि राज गर्ने दुष्ट शासक, गर्जने सिंह र झम्टने भालुजस्तै हो।+ १६  समझ नभएको शासकले आफ्नो शक्‍तिको दुरुपयोग गर्छ+ तर जसले बेइमान गरेर धन कमाउनुलाई घृणा गर्छ, उसको आयु लामो हुन्छ।+ १७  हत्याको दोष लागेको मानिस कसैले उसको ज्यान नलिउन्जेल भागिरहन्छ;+ उसलाई कसैले मदत नगरोस्‌। १८  निर्दोष जीवन बिताउने मानिस बचाइनेछ+ तर टेढो चालमा हिँड्‌ने मानिसको पतन अचानक हुनेछ।+ १९  जसले आफ्नो जमिन खनजोत गर्छ, ऊसँग प्रशस्त खानेकुरा हुन्छ तर जो व्यर्थको कामको पछि लाग्छ, ऊ कङ्‌गाल हुन्छ।+ २०  वफादार मानिसले प्रशस्त आशिष्‌ पाउँछ+ तर रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+ २१  पक्षपात गर्नु राम्रो होइन+ तैपनि एक टुक्रा रोटीको लागि मानिसले यस्तो गलत काम गर्न सक्छ। २२  डाही* मानिस धनी हुन आतुर हुन्छ तर आफूमाथि गरिबी आइपर्नेछ भनेर उसलाई थाहै हुँदैन। २३  फुर्क्याउने कुरा गर्ने मानिसको भन्दा अरूलाई सुधार्ने मानिसको+ आखिरमा कदर हुन्छ।+ २४  कसैले आफ्ना आमाबुबालाई लुट्‌छ र “मैले के गल्ती गरेँ र” भन्छ भने+ ऊ लुटाहाको साथी हो।+ २५  लोभी मानिसले* कलह मच्चाउँछ तर यहोवामाथि भर पर्ने मानिसको फलिफाप हुन्छ।*+ २६  आफैमाथि* भरोसा राख्ने मानिस मूर्ख हो+ तर बुद्धिको बाटोमा हिँड्‌ने मानिस सुरक्षित रहनेछ।+ २७  जसले गरिबलाई दिन्छ, उसलाई कुनै कुराको अभाव हुँदैन+ तर गरिबलाई देखेर पनि आँखा चिम्लने मानिसले धेरै सराप पाउँछ। २८  दुष्टहरू सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्‌छन्‌ तर तिनीहरू नाश हुँदा धर्मी मानिसहरूको फलिफाप हुन्छ।+

फुटनोटहरू

वा “निष्ठावान्‌।”
वा “पाप।”
वा “जसले परमेश्‍वरको सधैँ भय मान्छ।”
वा “लोभी।”
वा सम्भवतः “अहङ्‌कारी मानिसले।”
शा., “यहोवामाथि भर पर्ने मानिसलाई मोटो पारिनेछ।”
शा., “आफ्नो मनमाथि।”