सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Comstock Images/Stockbyte via Getty Images

ईश्‍वरको राज्यमा हामीले भरोसायोग्य नेता पाउनेछौँ

ईश्‍वरको राज्यमा हामीले भरोसायोग्य नेता पाउनेछौँ

 मानिसहरू भ्रष्ट राजनीतिज्ञहरूदेखि वाक्क-दिक्क भइसकेका छन्‌। त्यसैले तिनीहरू भरोसायोग्य नेताहरू चाहन्छन्‌। सन्‌ २०२३ मा संसारभर गरिएको एउटा सर्वेक्षणअनुसार मानिसहरू राजनीतिज्ञहरूलाई सबैभन्दा कम भरोसा गर्छन्‌। a

 बाइबलमा एउटा सरकारबारे बताइएको छ, जसको नेता पूर्णतया भरोसायोग्य र इमानदार हुनुहुन्छ। उहाँले कहिल्यै भ्रष्टाचार गर्नुभएको छैन न त कहिल्यै गर्नुहुनेछ। त्यो सरकार ईश्‍वरको राज्य हो, जसको नेता येसु ख्रिष्ट हुनुहुन्छ।—यसैया ९:७.

 येसुले मानिसहरूको साँच्चै ख्याल राखेको कुरा आफ्नो व्यवहारबाट देखाउनुभएको छ। (मत्ति ९:३५, ३६) उहाँ ईश्‍वरको राज्यको राजा हुनुहुन्छ। उहाँले कहिल्यै अन्याय गर्नुहुनेछैन अनि उहाँको शासनमा शान्ति छाउनेछ।—भजन ७२:१२-१४.

a 2023 Edelman Trust Barometer Global Report.