सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३०

क्षमा दिने गरौँ!

क्षमा दिने गरौँ!

(भजन ८६:५)

  1. १. मायालु याहले

    पठाए छोरा आफ्नो;

    पापको क्षमा गर्न

    अनि जड उखेल्न मृत्युको।

    साँचो पश्‍चात्ताप गरेमा

    पाउनेछौँ क्षमा पापको;

    बलिदान ख्रिष्टको सम्झँदै

    नाम लिएमा उनैको।

  2. २. पाउनेछौँ है दया

    याहको सिको गरेमा,

    दया र माया देखाउँदै

    सबलाई क्षमा गरेमा,

    सहँदै सधैँ अरूलाई

    तीतोपना फालेमा,

    आदर गर्दै भाइबैनीलाई

    अटुट प्रेम देखाएमा।

  3. ३. सिकौँ हामी सबै

    कृपालु हुन सधैँ।

    इबी र रिस हुनेछैन

    न हुनेछ घृणा नै।

    अटुट प्रेमका खानी याहको

    गर्दा जीवनमा सिको,

    हुनेछौँ साँच्चै क्षमाशील

    हुनेछौँ याहजस्तो।

(मत्ति ६:१२; एफि. ४:३२; कल. ३:१३ पनि हेर्नुहोस्‌)