सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ३३

बिसाऊ भारी यहोवामा

बिसाऊ भारी यहोवामा

(भजन ५५)

  1. १. प्रभु याह, पुकारा छ

    मनको बह बुझिदेऊ।

    बिन्ती हो मुटुभित्रको

    व्याकुल नहुन साथ देऊ।

    (कोरस)

    बिसाऊ भारी यहोवामा;

    सँभाल्नेछन्‌ सधैँ उनैले।

    भरोसा गर याहमा

    छोड्‌ने छैनन्‌ साथ कैल्यै।

  2. २. ढुकुरझैँ उड्‌न सके त

    उडी जान्थेँ म टाढा।

    चोट दिनेबाट जोगिन

    ओत खोज्थेँ अन्तै कता।

    (कोरस)

    बिसाऊ भारी यहोवामा;

    सँभाल्नेछन्‌ सधैँ उनैले।

    भरोसा गर याहमा

    छोड्‌ने छैनन्‌ साथ कैल्यै।

  3. ३. दिन्छन्‌ याहले सान्त्वना

    मिल्छ शान्ति यो मनमा।

    मनको भारी बोक्नलाई

    मदत गर्छन्‌ हामीलाई।

    (कोरस)

    बिसाऊ भारी यहोवामा;

    सँभाल्नेछन्‌ सधैँ उनैले।

    भरोसा गर याहमा

    छोड्‌ने छैनन्‌ साथ कैल्यै।

(भज. २२:५; ३१:१-२४ पनि हेर्नुहोस्‌)