सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६९

परमेश्‍वरको राज्य सन्देश सुनाउन अघि बढ!

परमेश्‍वरको राज्य सन्देश सुनाउन अघि बढ!

(२ तिमोथि ४:५)

  1. १. सुनाउँदै जाऊ राज्यको सन्देश

    सब जाति र मुलुकलाई।

    प्रेम गर्दै छिमेकीलाई मनमा

    देऊ सन्देश ती सोझालाई।

    याहको सेवा नै हाम्रो सम्मान;

    गर्नेछौँ खुसीले यो काम।

    सुनाइरहौँ है राज्य सन्देश;

    पारौँ पवित्र उनको नाम।

    (कोरस)

    अघि बढी सुनाऊ राज्य

    सन्देश कुना कुनामा।

    अघि सरी वफादार

    रहनू सधैँ याहमा।

  2. २. मिलीजुली बढौँ अगाडि

    शेष जन अनि ठूलो भीड।

    बालक, वृद्ध र नरनारी

    सत्य नै हो यिनको रीत।

    सुन्‍नु जरुरी छ सबैले

    राज्य सन्देश यहोवाको।

    प्रचार गर्छौँ उनैको भरमा,

    मूल उनी हाम्रो साहसको!

    (कोरस)

    अघि बढी सुनाऊ राज्य

    सन्देश कुना कुनामा।

    अघि सरी वफादार

    रहनू सधैँ याहमा।