सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७

यहोवा हाम्रा बल

यहोवा हाम्रा बल

(यसैया १२:२)

  1. १. दयालु यहोवा हाम्रा बल हौ;

    उद्धारक प्रभु तिमीमै रम्छौँ।

    तिम्रो सन्देश बोक्ने साक्षी हामी;

    मानिसले सुने या नसुने नि।

    (कोरस)

    यहोवा हाम्रा चट्टान र बल हौ।

    दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौँ।

    महिमित याह, सर्वोच्च शक्‍ति,

    हाम्रा किल्ला, हाम्रा शरण तिमी।

  2. २. सेवक हौँ तिम्रो ज्योतिमा रम्छौँ;

    अब न्याय र सत्य देख्नेछौँ।

    पाउँछौँ वचनमा तिम्रा ती आज्ञा;

    राज्यको पक्षमा छौँ है खडा।

    (कोरस)

    यहोवा हाम्रा चट्टान र बल हौ।

    दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौँ।

    महिमित याह, सर्वोच्च शक्‍ति,

    हाम्रा किल्ला, हाम्रा शरण तिमी।

  3. ३. गर्नेछौँ तिम्रो इच्छा खुसीले;

    अटल छौँ, खिसी गरोस्‌ सैतानले।

    हाम्रो जीवन नै त्यसले लैजाला;

    त्याग्नेछैनौँ तिम्रो प्रभुसत्ता।

    (कोरस)

    यहोवा हाम्रा चट्टान र बल हौ।

    दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौँ।

    महिमित याह, सर्वोच्च शक्‍ति,

    हाम्रा किल्ला, हाम्रा शरण तिमी।

(२ समु. २२:३; भज. १८:२; यसै. ४३:१२ पनि हेर्नुहोस्‌)