सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

कस्टमाइज कसरी गर्ने—एन्ड्रोइड

कस्टमाइज कसरी गर्ने—एन्ड्रोइड

व्यक्‍तिगत अध्ययनको गुणस्तर बढाउन JW लाइब्रेरी-मा थुप्रै विशेषता छन्‌। कुनै लेख वा अध्याय पढ्‌दा स्क्रिनको माथि दायाँपट्टि एप बारमा यी विशेषताहरू पाउन सक्नुहुन्छ।

थप विशेषताहरूको लागि एप बारमा गएर तीनवटा ठाडो थोप्लामा थिच्नुहोस्‌। कस्टमाइज गरेर अध्ययन गर्न तल दिइएको निर्देशन पछ्याउनुहोस्‌:

भाषा परिवर्तन गर्नुहोस्‌

 तपाईंले पढिरहनुभएको लेख वा अध्याय अरू भाषामा पनि पढ्‌न सक्नुहुन्छ।

  • त्यो लेख कुन-कुन भाषामा उपलब्ध छ भनेर हेर्न भाषा बटन थिच्नुहोस्‌। धेरै प्रयोग गर्नुहुने भाषा सूचीको सबैभन्दा माथि देखिन्छ। अङ्‌ग्रेजी प्रहरीधरहरा-को सरल संस्करण पनि यही सूचीमा देखा पर्छ। भाषाको नाम टाइप गरेर पनि सूची हेर्न सक्नुहुन्छ।

  • डाउनलोड नगर्नुभएका भाषाहरूमा बादल चिन्ह हुन्छ। प्रकाशन डाउनलोड गर्न भाषामा थिच्नुहोस्‌। प्रकाशन डाउनलोड गरेपछि बादल चिन्ह हट्‌छ। प्रकाशन पढ्‌नको लागि फेरि भाषा थिच्नुहोस्‌।

अक्षर ठूलो सानो बनाउनुहोस्‌

 इच्छाअनुसार अक्षर सानो वा ठूलो बनाउन सक्नुहुन्छ।

यसको लागि अक्षर ठूलो सानो बनाउने बटन थिच्नुहोस्‌ अनि स्लाइडरमार्फत अक्षरको साइज सानो वा ठूलो गर्नुहोस्‌। तपाईंले जुनसुकै प्रकाशन खोल्नुभए पनि त्यो प्रकाशनको अक्षर त्यही साइजमा देखा पर्छ।

 

चित्र वा शब्द हेर्नुहोस्‌

 

 कुनै-कुनै लेख चित्रको रूपमा हेर्न सक्नुहुन्छ अथवा त्यो लेखको शब्द मात्र पनि हेर्न सक्नुहुन्छ। दुईमध्ये आफूलाई चाहिएको बटन थिच्नुहोस्‌।

  • चित्र हेर्नुहोस्‌: चित्रको रूपमा हेर्न सकिने पृष्ठ छापिएको पृष्ठजस्तै हुन्छ। उदाहरणको लागि गीतिपुस्तक। कसै-कसैलाई यो पृष्ठ गीतिपुस्तकमा भएजस्तै नोटेसनसहित हेर्न मन पर्छ।

  • शब्द हेर्नुहोस्‌: शब्द मात्र भएको पृष्ठमा बाइबल पदको लिङ्‌क पनि हुन्छ। यसलाई थिचेपछि तपाईंले रोज्नुभएको साइजमा बाइबल पद पढ्‌न सक्नुहुन्छ।

. . . मा खोल्नुहोस्‌

 . . . मा खोल्ने विशेषताबाट तपाईं JW लाइब्रेरी-को विषयवस्तु अरू एपमा पनि हेर्न सक्नुहुन्छ।

के-कस्ता कुराहरू रोज्न सक्नुहुन्छ, हेर्नको लागि . . . मा खोल्ने बटन थिच्नुहोस्‌। उदाहरणको लागि, तपाईंले पढिरहनुभएको पृष्ठ अनलाइन पुस्तकालयमा खोल्ने बटन थिचेर प्रहरीधरहरा अनलाइन पुस्तकालय-मा पनि खोल्न सक्नुहुन्छ।

 

बाइबल हेर्न-कस्टमाइज गर्नुहोस्‌

 

 प्रकाशनमा उल्लिखित बाइबल पद थिचेपछि त्यो पद पनि देखा पर्छ। तपाईंले डाउनलोड गर्नुभएका बाइबलका अरू अनुवादहरू हेर्न चाहनुहुन्छ भने पदको तल भएको कस्टमाइज बटन थिच्नुहोस्‌।

तपाईंलाई चाहिएको अनुवाद सूचीमा थप्न जोड बटन थिच्नुहोस्‌ र आवश्‍यक नपरेको अनुवाद सूचीबाट हटाउन घटाउ बटन थिच्नुहोस्‌। सूचीमा राख्नुभएका बाइबल अनुवादहरूलाई इच्छाअनुसार तल वा माथि सार्न सक्नुहुन्छ।

JW लाइब्रेरी-मा थप बाइबल राख्न “बाइबल कसरी डाउनलोड गर्ने—एन्ड्रोइड”-मा जानुहोस्‌।

फेब्रुअरी २०१५ मा JW लाइब्रेरी १.४ भर्सनमा यो विशेषता विमोचन भएको थियो। एन्ड्रोइड २.३ वा त्यसपछिको भर्सनमा यसलाई चलाउन सकिन्छ। तपाईंले यी विशेषता देख्नु भएन भने “JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌—एन्ड्रोइड” अन्तर्गत नयाँ विशेषताहरू भन्‍ने भागमा दिइएका निर्देशन पछ्याउनुहोस्‌