सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

शास्त्रपद वा लेख कसरी खोज्ने—एन्ड्रोइड

शास्त्रपद वा लेख कसरी खोज्ने—एन्ड्रोइड

JW लाइब्रेरी-को खोज्ने विशेषताबाट तपाईंले बाइबल वा प्रकाशनमा कुनै शब्द वा वाक्यांश खोज्न सक्नुहुन्छ।

शास्त्रपद वा लेख खोज्न तल दिइएको निर्देशन पछ्याउनुहोस्‌:

 बाइबलमा खोज्नुहोस्‌

तपाईंले पढिरहनुभएको बाइबलमा शब्द वा वाक्यांश खोज्न सक्नुहुन्छ।

यसको लागि खोज्ने बटन थिच्नुहोस्‌। त्यसपछि खोज्न चाहेको शब्द टाइप गर्नुहोस्‌। टाइप गर्न थालेपछि तपाईंले सुझावहरू देख्नुहुनेछ। नतिजा हेर्न सुझावमा थिच्नुहोस्‌ वा किबोर्डको एन्टर बटन थिच्नुहोस्‌।

धेरै उद्धृत पद-मा धेरै प्रयोग गरिएको र तपाईंले खोज्नुभएको शब्दसित मिल्ने पद देखिन्छ। सबै पद-मा तपाईंले खोज्नुभएको शब्दसित मिल्ने सबै पदहरू बाइबल किताबको क्रमअनुसार देखिन्छ। लेखहरू-मा परिचय र अतिरिक्‍त लेखहरूसित मिल्ने लेख देखिन्छ।

थुप्रै शब्द टाइप गर्नुभएको छ भने ठ्याक्कै मिल्ने पदावली भन्‍ने बाकसमा चिन्ह लगाउनुहोस्‌। तपाईंले खोजेकै पदावली मात्र देखिनेछ।

 प्रकाशनमा खोज्नुहोस्‌

तपाईंले पढिरहनुभएको प्रकाशनमा शब्द वा वाक्यांश खोज्न सक्नुहुन्छ।

प्रकाशन पढ्‌दा खोज्ने बटन थिच्नुहोस्‌; अनि तपाईंले खोज्न चाहेको शब्द टाइप गर्नुहोस्‌। टाइप गर्न थालेपछि तपाईंले सुझावहरू देख्नुहुनेछ। नतिजा हेर्न सुझावमा थिच्नुहोस्‌ वा किबोर्डको एन्टर बटन थिच्नुहोस्‌।

थुप्रै शब्द टाइप गर्नुभएको छ भने ठ्याक्कै मिल्ने पदावली भन्‍ने बाकसमा चिन्ह लगाउनुहोस्‌। तपाईंले खोजेकै पदावली मात्र देखिनेछ।

 विषय खोज्नुहोस्‌

तपाईंले धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) किताब डाउनलोड गर्नुभएको छ भने त्यसमा भएको विषय खोज्न सक्नुहुन्छ। तपाईंले एपमा भएको बाइबल वा प्रकाशनहरू पढ्‌दा यो विशेषता चलाउन मिल्छ।

यसको लागि खोज्ने बटन थिच्नुहोस्‌ अनि तपाईंले खोज्न चाहेको विषय टाइप गर्नुहोस्‌। टाइप गर्न थालेपछि धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) किताबमा भएको विषय पनि सुझावको सूचीमा देखा पर्छ। लेख खोल्न कुनै विषय छान्‍नुहोस्‌।

अक्टोबर २०१४ मा JW लाइब्रेरी १.३.४ भर्सनमा यो विशेषता विमोचन भएको थियो। एन्ड्रोइड २.३ वा त्यसपछिको भर्सनमा यसलाई चलाउन सकिन्छ। तपाईंले यी विशेषता देख्नु भएन भने “JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌—एन्ड्रोइड” अन्तर्गतनयाँ विशेषताहरू भन्‍ने भागमा दिइएका निर्देशन पछ्याउनुहोस्‌