सीधै सामग्रीमा जाने

के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?

के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?

बाइबलको जवाफ

 ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्‍न भनेर बाइबलले स्पष्टसँग बताउँछ। मानिसजातिले दुःखकष्ट भोग्नु परोस्‌ भन्‍ने ईश्‍वरको उद्देश्‍य थिएन। तर प्रथम मानव जोडीले परमेश्‍वरको शासनको विरोध गरे अनि असल र खराबको स्तर आफै निर्धारण गरे। तिनीहरूले ईश्‍वरलाई तिरस्कार गरे अनि यसको नराम्रो नतिजा भोगे।

 आज हामी तिनीहरूले गरेको नराम्रो निर्णयको असर भोग्दै छौं। तर ईश्‍वरले भने हामीलाई दुःखकष्ट दिनुभएको पक्कै होइन।

 बाइबल भन्छ: “परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै खराब मनसायले परमेश्‍वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” (याकूब १:१३) दुःखकष्ट सबैमाथि आइपर्छ—ईश्‍वरको अनुमोदन पाएकाहरूमाथि समेत!