सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आधुनिक जीवनको लागि प्राचीन किताब

आधुनिक जीवनको लागि प्राचीन किताब

बाइबललाई धेरै मानिसले धर्मको एउटा किताबको रूपमा लिन्छन्‌, त्यसैले यसको आदर पनि गर्छन्‌। तर बाइबलमा केवल धर्मसम्बन्धी जानकारी मात्र पाइँदैन। यसमा दैनिक जीवनका लागि चाहिने व्यावहारिक सल्लाह पनि पाइन्छ।

आउनुहोस्‌ केही व्यक्‍तिले बाइबल पढेर अनि त्यसमा भएको सल्लाह लागू गरेर कस्तो फाइदा उठाए, विचार गरौँ।

“मेरो जीवनमा पहिलेभन्दा धेरै सुधार आएको छ। म अझ आनन्दित हुन सकेकी छु र सकारात्मक सोचाइ पनि राख्न सकेकी छु।”—फियोना।

“बाइबल पढेपछि मैले जीवनको वास्तविक उद्देश्‍य बुझ्न सकेँ।”—निट्‌को।

“मैले जीवनमा थुप्रै परिवर्तन गरेँ, जसले गर्दा म पहिलेभन्दा अझ आनन्दित भएको छु। अहिले म सरल जीवन बिताउँदै छु अनि परिवारलाई पनि समय दिन सकेको छु।”—एन्ड्रिउ।

यी त केही उदाहरण मात्र हुन्‌। संसारभरिका धेरै मानिसले बाइबलमा पाइने सल्लाह दैनिक जीवनको लागि व्यावहारिक अनि मदतकारी पाएका छन्‌।

बाइबलले यी क्षेत्रहरूमा कस्तो राम्रो सल्लाह दिएको छ, विचार गरौँ:

  • शारीरिक स्वास्थ्य

  • भावनात्मक स्वास्थ्य

  • परिवार तथा साथीभाइसितको सम्बन्ध

  • पैसाको सदुपयोग

  • आध्यात्मिकता

बाइबल धर्मको एउटा किताब मात्र होइन, यसमा पाइने सल्लाह-सुझावले तपाईँलाई कसरी विभिन्‍न तरिकामा फाइदा पुऱ्‍याउँछ, यसपछिका लेखहरूबाट थाह पाउनुहोस्‌।