सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इतिहासकै सबैभन्दा मदतकारी किताब

इतिहासकै सबैभन्दा मदतकारी किताब

बाइबल अहिलेसम्मकै सबैभन्दा धेरै अनुवाद र वितरण भएको किताब हो। अन्य कुनै पनि किताबभन्दा बाइबल धेरै मानिसले पढ्‌न पाएका छन्‌ र तिनीहरूले यसबाट लाभ उठाएका छन्‌। केही तथ्याङ्‌कहरू विचार गरौँ:

बाइबल अनुवाद र वितरण

  • ९६.५% संसारका मानिसहरूले बाइबल पढ्‌न सक्छन्‌

  • ३,३५० भाषामा उपलब्ध छ (पूरा वा आंशिक)

  • ५,००,००,००,००० वितरण भएको अनुमानित सङ्‌ख्या, इतिहासमा यत्तिको सङ्‌ख्यामा कुनै पनि किताब वितरण भएको छैन

अझै बुझ्नुहोस्‌

हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌। त्यहाँ तपाईँले

  • बाइबल अनलाइन पढ्‌न सक्नुहुन्छ (थुप्रै भाषामा उपलब्ध छ)

  • बाइबल डाउनलोड गर्न सक्नुहुन्छ

  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ जान्‍न सक्नुहुन्छ

  • थुप्रै मानिसले बाइबल पढेर आफ्नो जीवनलाई कसरी नयाँ मोड दिए, तिनीहरूको अनुभव पढ्‌न सक्नुहुन्छ

  • अनलाइन बाइबल अध्ययन कोर्स * लिन सक्नुहुन्छ

  • व्यक्‍तिगत बाइबल अध्ययनको लागि अनुरोध गर्न सक्नुहुन्छ

यहोवाका साक्षीहरू र बाइबल

यहोवाका साक्षीहरू बाइबल अनुवाद र वितरण गर्ने काममा सक्रिय भई भाग लिन्छन्‌।

केही वर्षदेखि हामीले वितरण गरेका बाइबल अनुवादहरू यसप्रकार छन्‌:

  • सन्‌ १९०१ को अमेरिकन स्टाण्डर्ड भर्सन

  • द बाइबल इन लिभिङ इङ्‌लिस, बाइङटन

  • दी इम्फाटिक डाइग्लोट

  • किङ्‌स्‌ जेम्स भर्सन

  • रिभाइज्ड स्टाण्डर्ड भर्सन

  • टिसेनडोर्फको न्यू टेस्टामेन्ट

नयाँ संसार अनुवाद

  • १८०+ भाषामा उपलब्ध छ (पूरा वा आंशिक)

  • २२ करोड ७० लाख सन्‌ १९५० देखि वितरण भएका नयाँ संसार अनुवाद-का सङ्‌ख्या

^ अनु. 13 हाल अङ्‌ग्रेजी र पोर्चुगिज भाषामा उपलब्ध छ। अरू भाषामा पनि पछि उपलब्ध हुनेछ।