भजनसङ्‌ग्रह १४९:१-९

  • परमेश्‍वरको जितको लागि प्रशंसाको गीत

    • परमेश्‍वर आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ ()

    • परमेश्‍वरका वफादार जनहरूले सम्मान पाउनेछन्‌ ()

१४९  याहको प्रशंसा गर!*यहोवा परमेश्‍वरको निम्ति एउटा नयाँ गीत गाओ;+वफादार जनहरूको समुदायमा उहाँको प्रशंसा गर।+  २  इस्राएल आफ्ना महान्‌ रचनाकारको कारण रमाओस्‌;+सियोनका छोराहरू आफ्ना राजाको कारण रमाऊन्‌।  ३  तिनीहरूले नाच्दै यहोवाको नामको प्रशंसा गरून्‌+अनि खैँजडी र वीणा बजाउँदै उहाँको स्तुति गाऊन्‌।*+  ४  यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।+नम्रहरूको उद्धार गरेर उहाँ तिनीहरूको शोभा बढाउनुहुन्छ।+  ५  वफादार जनहरू महिमा पाएकोमा रमाऊन्‌;तिनीहरूले आफ्नो ओछ्यानमा खुसीले जयजयकार गरून्‌।+  ६  तिनीहरूको गलाबाट परमेश्‍वरको प्रशंसा गर्ने गीत गुञ्जियोस्‌।तिनीहरूको हातमा दुईधारे तरबार होस्‌  ७  ताकि तिनीहरूले राष्ट्रहरूसित बदला लिन सकून्‌अनि जातिजातिलाई सजाय दिन सकून्‌,  ८  उनीहरूका राजाहरूलाई साङ्‌लाले बाँध्न सकून्‌अनि उनीहरूका प्रतिष्ठित मानिसहरूलाई फलामको नेल ठोक्न सकून्‌  ९  र उनीहरूविरुद्ध लेखिएको न्यायदण्ड उनीहरूलाई दिन सकून्‌।+ यो सम्मान उहाँका सबै वफादार जनले पाउनेछन्‌। याहको प्रशंसा गर!*

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “धुन बजाऊन्‌।”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।