भजनसङ्‌ग्रह ३७:१-४०

  • यहोवामा भरोसा गर्नेको उन्‍नति हुनेछ

    • “दुष्टहरूको कारण निराश नहोऊ” ()

    • “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ” ()

    • “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ” ()

    • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌” (११)

    • धर्मीलाई खानेकुराको कमी हुनेछैन (२५)

    • धर्मीहरू पृथ्वीमा सधैँभरि रहनेछन्‌ (२९)

दाउदको रचना। א [आलेफ] ३७  दुष्टहरूको कारण निराश* नहोऊअनि गलत काम गर्नेहरूको ईर्ष्या नगर।+  २  तिनीहरू झारजस्तै सुकिहाल्नेछन्‌+अनि हरियो घाँसजस्तै ओइलाउनेछन्‌। ב [बेथ]  ३  यहोवामा भरोसा गर र जे असल छ, त्यही गर;+पृथ्वीमा* बास गर अनि वफादार भई चल।+  ४  यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊअनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ। ג [गिमेल]  ५  आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+  ६  उहाँले तिम्रो धार्मिकतालाई बिहानीको उज्यालोजस्तैअनि तिम्रो न्यायलाई मध्यदिनको सूर्यजस्तै चम्काउनुहुनेछ। ד [दालेथ]  ७  यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+ ה [हे]  ८  रिसाउन छोड र क्रोध त्यागिदेऊ;+व्याकुल भएर कुकर्मतिर नलाग।*  ९  किनकि कुकर्मीहरू नामेट हुनेछन्‌+तर यहोवाको बाटो हेर्ने जतिले पृथ्वी अधिकार गर्नेछन्‌।+ ו [वाव] १०  अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौतर तिनीहरू त्यहाँ हुनेछैनन्‌।+ ११  बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌+अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।+ ז [जयिन] १२  दुष्टले धर्मीको विरुद्धमा षड्‌यन्त्र रच्छ;+उसलाई देखेर त्यसले दाह्रा किट्‌छ। १३  तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छकिनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+ ח [हेत] १४  थिचोमिचोमा परेकाहरू र गरिबहरूलाई ढाल्नअनि सोझो बाटोमा हिँड्‌नेहरूको हत्या गर्नदुष्टहरू आफ्नो तरबार थुत्छन्‌ र धनुमा ताँदो चढाउँछन्‌। १५  तर तिनीहरूको तरबारले तिनीहरूकै मुटुलाई छेड्‌नेछ+अनि तिनीहरूको धनु भाँचिनेछ। ט [टेथ] १६  दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दाधर्मीसित भएको थोरै कुरा उत्तम हो।+ १७  किनकि दुष्टहरूको पाखुरा भाँचिनेछतर धर्मीलाई यहोवाले थाम्नुहुनेछ। י [योद] १८  निर्दोष मानिसहरूले भोगेको दुःख* यहोवाले देख्नुहुन्छअनि तिनीहरूको उत्तराधिकार सधैँभरि रहिरहनेछ।+ १९  विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्‌;अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ। כ [काफ] २०  तर दुष्टहरू भने मेटिएर जानेछन्‌;+यहोवाका शत्रुहरू खर्कको हरियो घाँसजस्तै सुकिहाल्नेछन्‌अनि धुवाँजस्तै बिलाएर जानेछन्‌। ל [लामेद] २१  दुष्टले सापटी लिन्छ तर फिर्ता गर्दैन,धर्मी मानिस भने उदार मनको* र दानी हुन्छ।+ २२  परमेश्‍वरबाट आशिष्‌ पाएकाहरूले पृथ्वी अधिकार गर्नेछन्‌तर उहाँबाट सराप पाएकाहरू नाश हुनेछन्‌।+ מ [मेम] २३  जब मानिसको मार्ग देखेर यहोवा प्रसन्‍न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्‍याउनुहुन्छ।*+ २४  उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+ נ [नुन] २५  म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। २६  उसले सधैँ उदार मनले सापटी दिन्छ+अनि उसका सन्तानले निश्‍चय नै आशिष्‌ पाउनेछन्‌। ס [सामेख] २७  खराब काम त्याग र जे असल छ, त्यो गर+र तिमी सदासर्वदा जिउनेछौ। २८  किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्‌।+ २९  धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌+र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।+ פ [पे] ३०  धर्मीको मुखले बुद्धि प्रकट गर्छ*अनि उसको जिब्रोले न्यायको कुरा बोल्छ।+ ३१  उसको मनमा उसका परमेश्‍वरको व्यवस्था बसेको हुन्छ;+उसका पाइलाहरू डगमगाउनेछैनन्‌।+ צ [सादे] ३२  धर्मी मानिसको हत्या गर्नदुष्टले ऊमाथि नजर राख्छ। ३३  तर यहोवाले धर्मीलाई त्यसको हातमा पर्न दिनुहुनेछैन+वा उसको न्याय गरिँदा उसलाई दोषी ठहराउनुहुनेछैन।+ ק [कोफ] ३४  यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+ ר [रेश] ३५  मैले क्रूर र दुष्ट मानिसलाई देखेको छु,त्यो आफ्नै जमिनमा झ्याम्म परेको रूखजस्तै फैलिएको थियो।+ ३६  तर अचानक त्यसको मृत्यु भयो र त्यो रहेन;+मैले त्यसलाई निकै खोजेँ तर त्यो कतै फेला परेन।+ ש [शिन] ३७  निर्दोष* मानिसलाई ध्यान दिएर हेरअनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊकिनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+ ३८  तर कुकर्मीहरूजति सबै नाश हुनेछन्‌;दुष्ट मानिसको कुनै भविष्य छैन।+ ת [ताव] ३९  धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+ ४०  यहोवाले तिनीहरूलाई सहायता गर्नुहुनेछ र तिनीहरूको उद्धार गर्नुहुनेछ+दुष्टको हातबाट उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ र बचाउनुहुनेछकिनकि तिनीहरू उहाँमा शरण लिन्छन्‌।+

फुटनोटहरू

वा “रिसले चुर।”
वा “देशमा।”
वा “धीरजी भई।”
वा सम्भवतः “व्याकुल नहोऊ किनकि त्यसले हानि गर्छ।”
शा., “निर्दोष मानिसका दिनहरू।”
वा “कृपालु।”
वा “सुदृढ पार्नुहुन्छ।”
वा “आफ्नो हातले उसलाई थाम्नुहुन्छ।”
वा “बुद्धिका कुराहरू गुनगुनाउँछ; मनन गर्छ।”
वा “सत्यनिष्ठ।”