सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

तापक्रम वृद्धिले विश्‍वभरि रेकर्ड तोड्‌दै—यसबारे बाइबल के भन्छ?

तापक्रम वृद्धिले विश्‍वभरि रेकर्ड तोड्‌दै—यसबारे बाइबल के भन्छ?

 जुलाई २०२२ मा तापक्रम वृद्धिले विश्‍वभरि रेकर्ड तोडेका समाचारहरू प्रकाशित भए:

  •   “चीनमा प्रचण्ड गर्मी, केही सहरमा सचेत रहन चेतावनी।”—जुलाई १७, २०२२, कान्तिपुर।

  •   “युरोपमा केही दिनयता गर्मी बढेको छ। उच्च तापक्रमका कारण विभिन्‍न स्थानमा डढेलोसमेत फैलिएको छ।”—जुलाई १७, २०२२, अन्‍नपूर्ण पोस्ट।

  •   “अमेरिकाको २४ भन्दा बढी राज्यमा तापक्रम ह्वात्तै वृद्धि ... हुँदा जनजीवन प्रभावित भएको छ।”—जुलाई २५, २०२२, पहिलोपोस्ट।

 यसले कुन कुरालाई सङ्‌केत गर्छ? के यसको मतलब पृथ्वी मानिस बस्न अयोग्य हुनेछ भन्‍ने हो? यसबारे बाइबल के भन्छ?

के उच्च तापक्रमले बाइबलको भविष्यवाणी पूरा गरिरहेको छ?

 छ। विश्‍वभरि भइरहेको तापक्रम वृद्धि बाइबलमा गरिएको भविष्यवाणीसित मेल खान्छ। जस्तै, मानिसहरूमाझ “भयङ्‌कर आतङ्‌क” हुनेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो। (लुका २१:११; नयाँ संशोधित संस्करण) मानवीय गतिविधिको कारण बढिरहेको तापक्रमले गर्दा पृथ्वी विनाश हुने हो कि भनेर मानिसहरू आतङ्‌कित भएका छन्‌।

के पृथ्वी मानिस बस्न अयोग्य हुनेछ?

 हुनेछैन। परमेश्‍वरले पृथ्वी मानिसको स्थायी घरको रूपमा बनाउनुभएको थियो। (भजन ११५:१६; उपदेशक १:४) उहाँले यसलाई मानिसहरूको हातबाट विनाश हुन दिनुहुनेछैन बरु उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८.

 परमेश्‍वरले पृथ्वीको लागि गर्नुभएको अर्को दुई वटा प्रतिज्ञा विचार गरौँ:

  •   “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।” (यसैया ३५:१) परमेश्‍वरले पृथ्वीलाई मरुभूमि बन्‍न दिनुहुनेछैन बरु मानिसहरूले क्षति पुऱ्‍याएका ठाउँहरूलाई बस्न योग्य बनाउनुहुनेछ।

  •   “[परमेश्‍वर] पृथ्वीको रेखदेख गर्नुहुन्छ, त्यसलाई प्रशस्त उब्जनी दिनुहुन्छ र भरिभराउ पार्नुहुन्छ।” (भजन ६५:९) परमेश्‍वरले पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुहुनेछ।

 जलवायु परिवर्तनले कसरी बाइबलको भविष्यवाणी पूरा गर्छ भन्‍नेबारे थप कुरा बुझ्न “जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 पृथ्वीको पर्यावरणीय समस्या समाधान गरिनेबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ भनेर जान्‍न “पृथ्वीलाई कसले जोगाउनेछ?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।