सीधै सामग्रीमा जाने

संसारको अन्त कहिले हुन्छ?

संसारको अन्त कहिले हुन्छ?

बाइबलको जवाफ

 यस संसारको अन्त कहिले हुन्छ भनेर बुझ्न पहिले “संसार” भन्‍ने शब्दलाई बाइबलमा कसरी चलाइएको छ, त्यो बुझ्नुपर्छ। ग्रीक शब्द कोसमोस-लाई प्रायजसो “संसार” भनेर अनुवाद गर्ने गरिन्छ। कोसमोस-ले प्रायजसो परमेश्‍वरको स्तरबमोजिम जीवन नबिताउने मानिसहरूलाई बुझाउँछ। (युहन्‍ना १५:१८, १९; २ पत्रुस २:५) कहिलेकाहीँ भने मानव समाजलाई पनि बुझाउँछ।—१ कोरिन्थी ७:३१; १ युहन्‍ना २:१५, १६. a

“संसारको अन्त” के हो?

 “संसारको अन्त” भन्‍ने वाक्यांशलाई कुनै-कुनै बाइबलले “यस युगको आखिरी समय” वा “यस युगका अन्त्य” भनेर पनि अनुवाद गरेको छ। (मत्ति २४:३; नयाँ संशोधित संस्करण) यसले पूरै पृथ्वी नष्ट हुने वा सबै मानिस नाश हुने कुरालाई बुझाउँदैन तर मानव समाज नाश हुने कुरालाई बुझाउँछ।—१ युहन्‍ना २:१७.

 बाइबलले “कुकर्मीहरू नामेट हुनेछन्‌” र असल मानिसहरू पृथ्वीमा आनन्दित भएर बस्नेछन्‌ भनेर बताएको छ। (भजन ३७:९-११) कुकर्मीहरू ‘महासङ्‌कष्टको’ अन्तमा अर्थात्‌ आरमागेडोनको’ युद्धमा नाश हुनेछन्‌।—मत्ति २४:२१, २२; प्रकाश १६:१४, १६.

संसारको अन्त कहिले हुन्छ?

 येशूले यसो भन्‍नुभयो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।” (मत्ति २४:३६, ४२) अनि अन्तको समयबारे उहाँले अझै यसो भन्‍नुभयो: “तिमीहरूले नचिताएको समयमा” यो आउनेछ।—मत्ति २४:४४

 हामीलाई अन्त ठ्याक्क कुन दिन र कुन बेला आउँछ भनेर थाह छैन। तर संसारको अन्त हुनुअघि कस्तो “चिन्ह” अर्थात्‌ कस्ता घटनाहरू हुनेछन्‌ भनेर येशूले बताउनुभयो। (मत्ति २४:३, ७-१४) ती घटनाहरू हुने समयलाई बाइबलमा “अन्तको समय” र “अन्तको दिन” भनिएको छ।—दानिएल १२:४; २ तिमोथि ३:१-५.

संसारको अन्त भइसकेपछि केही कुरा बाँकी रहनेछ?

 छ। पृथ्वी यहीँ रहनेछ। किनभने बाइबलले यसो भनेको छ: “त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।” (भजन १०४:५) अनि पृथ्वीमा मानिसहरू पनि हुनेछन्‌। यसबारे बाइबलले यसो भनेको छ: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भजन ३७:२९) परमेश्‍वरले सुरुमा जस्तो उद्देश्‍य राख्नुभएको थियो, पृथ्वीमा त्यस्तै अवस्था हुनेछ। जस्तै:

a ग्रीक शब्द इयन-लाई पनि कुनै-कुनै बाइबलमा “संसार” भनेर अनुवाद गरिएको छ। त्यसरी अनुवाद गरिएको ठाउँमा इयन शब्दको अर्थ पनि कोसमोस शब्दको अर्थ जस्तै मानव समाज भन्‍ने हुन्छ।