यसैया ६५:१-२५

  • मूर्ति पुज्नेहरूलाई यहोवाको न्यायदण्ड (१-१६)

    • सौभाग्य देवता र भविष्य बताउने देवता (११)

    • “मेरा सेवकहरूले खानेछन्‌” (१३)

  • नयाँ आकाश र नयाँ पृथ्वी (१७-२५)

    • तिनीहरूले घर बनाउनेछन्‌; अङ्‌गुर बगान लगाउनेछन्‌ (२१)

    • कसैको परिश्रम खेर जानेछैन (२३)

६५  “जसले मेरो खोजीनिती गरेनन्‌, तिनै मानिसहरूसामु म देखा परेँ।जसले मलाई खोज्दै खोजेनन्‌, तिनै मानिसहरूले मलाई भेट्टाए।+जसले मेरो नामै पुकारेनन्‌, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+  २  मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+जो खराब बाटोमा हिँडिरहेका छन्‌+र आफ्नै विचारअनुसार चलिरहेका छन्‌।+  ३  तिनीहरू मेरै मुखको सामुन्‍ने बारम्बार मेरै अपमान गर्छन्‌,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्‌+ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि इँटामा बलि चढाउँछन्‌।  ४  तिनीहरू चिहानहरूको वरपर बस्छन्‌+र गुप्त ठाउँहरूमा* रात बिताउँछन्‌अनि सुँगुरको मासु खान्छन्‌+र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्‌।+  ५  तिनीहरू भन्छन्‌, ‘टाढै बस, मेरो नजिक नआओकिनकि म तिमीहरूभन्दा पवित्र छु।’*तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्‌र दिनभरि बलिरहने आगोजस्ता छन्‌।  ६  हेर! मेरै सामने यो कुरा लेखिएको छ;म चुपचाप बस्नेछैनँ;म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्‌।  ७  तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्‌नेगरि डाँडाहरूमा बलि चढाएका छन्‌अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्‌।+त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”  ८  यहोवा यसो भन्‍नुहुन्छ:“जसरी नयाँ रक्सी बनाउन मिल्ने अङ्‌गुरको झुप्पा देख्दा मानिसहरू भन्छन्‌,‘त्यसलाई नष्ट नगर, त्यसमा केही असल कुरा* छ,’त्यसरी नै मेरा सेवकहरूको खातिर म केही गर्नेछु।म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।+  ९  याकुबबाट म सन्तान उत्पन्‍न गर्नेछुअनि मेरा डाँडाहरूको उत्तराधिकारी हुन यहुदाबाट सन्तान उत्पन्‍न गर्नेछु।+मैले चुनेका जनहरूले त्यसमाथि अधिकार गर्नेछन्‌,मेरा सेवकहरू त्यहाँ बस्नेछन्‌।+ १०  सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछअनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु। ११  तर तिमीहरू त यहोवालाई त्याग्नेहरूमध्येका हौ,+जसले मेरो पवित्र डाँडालाई बिर्सेका छन्‌,+जसले सौभाग्य देवताको लागि टेबुल तयार गर्छन्‌अनि भविष्य बताउने देवताको लागि मसला हालिएको रक्सी प्यालामा टक्य्राउँछन्‌। १२  त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,मैले बोल्दा तिमीहरूले सुनेनौ।+मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्‍यौअनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+ १३  त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:“हेर! मेरा सेवकहरूले खानेछन्‌ तर तिमीहरू भने भोकै रहनेछौ।+हेर! मेरा सेवकहरूले पिउनेछन्‌+ तर तिमीहरू भने तिर्खाउनेछौ।हेर! मेरा सेवकहरू रमाउनेछन्‌+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+ १४  हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्‌।तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौअनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ। १५  तिमीहरूले यस्तो नाम कमाउनेछौ, जुन नाम मैले चुनेका जनहरूले सराप्न चलाउनेछन्‌।ब्रह्‍माण्डका मालिक यहोवाले तिमीहरू प्रत्येकलाई मृत्युदण्ड दिनुहुनेछतर आफ्ना सेवकहरूलाई भने उहाँले अर्कै नामले बोलाउनुहुनेछ।+ १६  तब पृथ्वीमा आशिष्‌ पाउन चाहने जो कोहीले पनिसत्य* परमेश्‍वरबाट आशिष्‌ पाउनेछर पृथ्वीमा शपथ खाने जो कोहीले पनिसत्य* परमेश्‍वरको नाममा शपथ खानेछ।+किनकि पहिलेका दुःखहरू बिर्सिइनेछन्‌,ती मेरो नजरबाट लुकाइनेछन्‌।+ १७  किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+ १८  त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्‍नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्‌।+ १९  तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+ २०  “त्यहाँ फेरि कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन,वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।सय वर्षसम्म बाँचेर मर्ने मानिसलाई समेत जवानै ठानिनेछतर पापी मानिस भने सय वर्ष बाँचे पनि ऊ श्रापितै भएर मर्नेछ।* २१  तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌।+तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+ २२  तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌। २३  तिनीहरूको परिश्रम खेर जानेछैन;+तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्‌।किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबैयहोवाले आशिष्‌ दिनुभएका जाति हुन्‌।+ २४  तिनीहरूले पुकार्नुअघि नै म जवाफ दिनेछु।तिनीहरूले बोल्न नसिद्धिँदै म तिनीहरूको कुरा सुन्‍नेछु। २५  ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

फुटनोटहरू

वा सम्भवतः “पहरा गर्न बसिने झुपडीहरूमा।”
वा सम्भवतः “मेरो पवित्रता तिमीहरूलाई सर्ला।”
शा., “छातीभरि।”
शा., “छातीभरि।”
शा., “आशिष्‌।”
वा “वफादार।” शा., “आमिन।”
वा “वफादार।” शा., “आमिन।”
वा सम्भवतः “सय वर्ष नपुगी मर्ने मानिसलाई श्रापित मानिस ठानिनेछ।”