सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

१ | सबैसित समान व्यवहार गर्नुहोस्‌

१ | सबैसित समान व्यवहार गर्नुहोस्‌

बाइबलको शिक्षा:

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”प्रेषित १०:३४, ३५.

यसको अर्थ के हो?

यहोवा * हाम्रो राष्ट्र, जात, वर्ण वा संस्कृति हेरेर हामी कस्तो व्यक्‍ति हौँ भन्‍ने निष्कर्ष निकाल्नुहुन्‍न। बरु उहाँ हाम्रो भित्री व्यक्‍तित्व हेर्नुहुन्छ। वास्तवमा “मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”—१ समुएल १६:७.

तपाईँ के गर्न सक्नुहुन्छ?

हुनत हामी यहोवाले जस्तै मानिसहरूको हृदय पढ्‌न सक्दैनौँ तर उहाँको अनुकरण गर्न र सबैसित समान व्यवहार गर्न भने सक्छौँ। त्यसैले हामीले मानिसहरूलाई समूहको रूपमा होइन बरु व्यक्‍तिविशेषको रूपमा हेर्नुपर्छ। कहिलेकाहीँ कुनै राष्ट्र वा जातको व्यक्‍तिप्रति हाम्रो मनमा नकारात्मक भावना भएको याद गऱ्‍यौँ भने त्यस्तो भावना हटाउन यहोवालाई प्रार्थना गर्न सक्छौँ अनि उहाँले त्यस्तो भावना जरैदेखि उखेल्न मदत गर्नुहुन्छ। (भजन १३९:२३, २४) सबैसित समान व्यवहार गर्न सकूँ भनेर यहोवासित बल माग्दा उहाँले अवश्‍य हाम्रो प्रार्थना सुन्‍नुहुनेछ अनि हामीलाई मदत गर्नुहुनेछ।—१ पत्रुस ३:१२.

^ यहोवा साँचो ईश्‍वरको नाम हो।—भजन ८३:१८.

“मैले कहिल्यै गोरा जातिको मानिससित शान्तपूर्वक कुरा समेत गरेको थिइनँ . . .। तर अहिले भने म यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारको भाग बनेको थिएँ।”—टाइटस