यसैया ६२:१-१२

  • सियोनको नयाँ नाम (१-१२)

६२  सियोनको खातिर म चुप लागेर बस्नेछैनँ,+यरुसलेमको खातिर म चुपचाप बस्नेछैनँ;जबसम्म उसको धार्मिकता ज्योतिजस्तै चम्किदैन,+जबसम्म उसको उद्धार राँकोजस्तै बल्दैन।+  २  “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्‌,+सबै राजाले तिम्रो महिमा देख्नेछन्‌।+तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+यहोवाले नै दिनुभएको नयाँ नाम।  ३  यहोवाको हातमा तिमी शोभाको सुन्दर मुकुट हुनेछ्यौ,उहाँको हत्केलामा तिमी राजकीय पगरी हुनेछ्यौ।  ४  तिमीलाई फेरि कहिल्यै त्यागिएकी स्त्री भनिनेछैन,+तिम्रो भूमिलाई कसैले पनि उजाड भूमि भन्‍नेछैन।+बरु तिमीलाई यस्तो नाम दिइनेछ, ‘ऊदेखि म खुसी छु’+अनि तिम्रो भूमिलाई ‘विवाहित स्त्री’ भनिनेछ।किनकि यहोवा तिमीदेखि खुसी हुनुहुनेछअनि तिम्रो भूमि विवाहित स्त्रीजस्तै हुनेछ।  ५  युवकले कुमारी केटीसित विवाह गरेझैँतिम्रा मानिसहरूले तिमीसित विवाह गर्नेछन्‌।दुलहीलाई देखेर दुलहा खुसी भएझैँतिम्रा परमेश्‍वर तिमीलाई देखेर खुसी हुनुहुनेछ।+  ६  ए यरुसलेम, तिम्रा पर्खालहरूमा मैले पहरेदारहरू खटाएको छु।तिनीहरू दिनरात पहरा दिइरहन्छन्‌, चुप लागेर बस्दैनन्‌।हे यहोवाको प्रशंसा गर्ने मानिसहरू हो,तिमीहरू चुपचाप नबस।  ७  उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+  ८  यहोवाले आफ्नो दायाँ हात, आफ्नो बलियो पाखुरा उचालेर शपथ खानुभएको छ:“तिमीहरूको अन्‍न म तिमीहरूका शत्रुलाई फेरि कहिल्यै दिनेछैनँ,तिमीहरूले मेहनत गरेर बनाएको नयाँ मद्य विदेशीहरूले फेरि कहिल्यै पिउनेछैनन्‌।+  ९  ज-जसले अन्‍न कटनी गर्छन्‌, तिनीहरूले नै त्यो खानेछन्‌ र यहोवालाई धन्यवाद चढाउनेछन्‌अनि ज-जसले अङ्‌गुर बटुल्छन्‌, तिनीहरूले नै मेरो चोकमा त्यसको मद्य पिउनेछन्‌।”+ १०  बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।मानिसहरूको लागि बाटो तयार पार।+मूलबाटो बनाओ।त्यसमा भएका ढुङ्‌गाहरू हटाओ।+जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्‌याओ।+ ११  सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+ १२  तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्‌, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्‍वरले त्याग्नुभएन।”+

फुटनोटहरू

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।